Shikhar Insurance

केपी ओली आधुनिक युगका कालिदास हुन्ः राजेन्द्र श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओली आधुनिक युगको कालिदास भएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रमा उनले ओली कालिदास भएको र उनको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् ।

उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था छ । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त रु संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’–श्रेष्ठको प्रश्न छ ।

प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने,‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले अब कसरी अघि बढ्ने रु भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्