Shikhar Insurance

महासंघ चुनावमा राजनीतिक रंग, कसको उम्मेदवार को ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा यसपाली पनि राजनीतिक रंग झनै बढी देखिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवारदेखि उपाध्यक्षसम्मका उम्मेदवारहरु आफ्नो जित सुनिश्चित गर्नका लागि राजनीतिक दलका दैलोमा धाउन थालेका छन् ।

चैत २८ र २९ गते हुने महासंघको साधारण सभामा बरिष्ठ उपाध्यक्षका लागि मुलतः ३ जना उम्मेदवार मैदानमा छन् । हालका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले बरिष्ठ उपाध्यक्षको निर्वाचन लड्ने घोषणा गरेर तयारी गरिरहेका छन् । अञ्जन श्रेष्ठले उपाध्यक्षहरुको टिम सेट गरिसकेका छन् भने संघाई र उमेशलालले पनि टिम बनाउने अन्तिम कसरत गरिरहेका छन् । मुलतः बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु भने राजनीतिक संरक्षण खोज्न व्यस्त छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

काँग्रेस निकट मानिनले अञ्जन श्रेष्ठलाई काँग्रेस महामन्त्री गगन थापा लगायतले खुलेरै सहयोग गरिरहेका छन् । रामचन्द्र सघाई भने काँग्रेस सभापति शेर बहादुर देउवा पत्नि आरजु राणा मार्फत राजनीतिक लाइन मिलाउन व्यस्त छन् । राणाले संघाईलाई जिताउन सांसद मोहन बहादुर बस्नेतलाई जिम्मा नै दिएको बताइन्छ । उता, उमेश लाल श्रेष्ठलाई भने नेकपा(एमाले)ले जुरुक्कै बोकेको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका छोरा उमेशलाललाई जिताउन एमाले अध्यक्ष केपी ओली नै सक्रिय देखिन्छन् ।

बरिष्ठहरुले मुल राजनीतिक नेतृत्वलाई समातेर उपाध्यक्षहरु भने अन्य दल निकटहरुलाई तान्ने प्रयास गरेको देखिन्छ । जस्तो अञ्जन श्रेष्ठले काँग्रेसमा गगन थापाहरुसँग लाइन मिलाएका छन् भने माओवादी निकट व्यवसायी भनेर चिनिने अरुण सुमार्गीलाई जिल्ला नगर तर्फ उपाध्यक्षको उम्मेदवार बनाएका छन् । उता, उमेश लाल श्रेष्ठले पनि काँग्रेस निकट भनेर चिनिने भरत आचार्यलाई एसोसिएट उपाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेका छन् । उद्योगी व्यवसायीहरुको साझा संस्था भनेर दावी गरिए पनि महासंघका हरेक निर्वाचनमा राजनीतिक रंग देखिने गरेको छ । र त्यो क्रम झन तिब्र गतिमा वृद्धि भैरहेको छ ।

टिम अञ्जन
अञ्जन श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गीलाई अघि सारेका छन् । उनले वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई अघि सारेका छन् ।

टिम उमेश
उमेश लाल श्रेष्ठको टिमबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी टुंगो लागेको छ । जिल्ला नगर उपाध्यक्षमा भने दिनेश श्रेष्ठ नै दोहोरिने बताईएको छ । श्रेष्ठले दोहोरिन नमानेको अवस्थामा सुरकृष्ण वैद्यलाई अघि सार्ने बताईएको छ । एसोसिएट उपाध्यक्षमा भने भरत आचार्यको नाम छ । उनले टिम फेरेमा वा उम्मेदवार हुन अनिच्छा देखाएमा गोपाल खनाललाई तयारी अवस्थामा राखिएको छ ।

टिम रामचन्द्र
हालका एसोसिएट उपाध्यक्ष संघाईले पनि भरत आचार्यलाई नै एसोसिएट उपाध्यक्ष बनाउने भनिरहेका छन् । उनको टिमबाट सन्दिप गाडिया(अग्रवाल)ले वस्तुगत उपाध्यक्षको उम्मेदवारी दिनेछन् । संघाईले सुरकृष्ण वैद्यलाई नै जिल्ला नगरको उपाध्यक्ष बनाउन चाहेका छन् । तर आचार्य र वैद्यबारे ढुक्क हुन सक्ने अवस्था नरहेको भन्दै संघाईले सम्भावित विकल्पहरुबारे पनि छलफल अघि बढाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्