Shikhar Insurance

केहि दिनमै हामीले पार्टीको आधिकारीकता पाउँछौं

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार २०:०६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले केहि दिनमै निर्वाचन आयोगले आफुहरुलाई आधिकारीकता दिने बताएका छन् । राजधानीमा सोमबार   पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्षद्धय नेपाल र प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताउँदै केन्द्रिय कमिटीमा आफुहरुसँग दुई तिहाईको बहुमत भएकाले आधिकारीकतामा ओलीको कुनै ावी नलाग्ने स्पष्ट पारे ।

अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिह्न र नाम बहुमतवाला पार्टी कै हो भन्ने निर्णय आउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्