Shikhar Insurance

सहकारी समस्याग्रस्त भए पनि सदस्यहरुका ८० प्रतिशत बचत फिर्ता गरिसक्यौँः अध्यक्ष चौलागाईं

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १७:०४
NIMB
Nabil Bank

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले सहकारी समस्याग्रस्त भए पनि सदस्यहरुका ८० प्रतिशत बचत फिर्ता गरिसकेको बताएका छन् ।

उनले बचतकर्ता तथा देशभरिका सहकारी सञ्चालक तथा व्यवसायीहरूलाई आत्मबल बढाउन अपिल गरेको छ । ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको न्युरोड, भक्तपुरको सूर्यबिनायक र ललितपुरकै चापागाउँमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको अध्यक्ष चौलागाईंले बताए । सहकारीले व्यवहार मिलाउँदै जाँदा आफूलाई आत्मविश्वास बढेर गएको उनले बताए ।

उनले भने, ‘सहकारीमा समस्या आएपछि आफ्ना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिए । धेरैजसो बचत फिर्ता गरिसकिएका छाैं । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छन्’ सहकारीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए । देशकै ठूला व्यवसायीको परिचय बनाएका चौलागाईंको दर्जनौ कम्पनी छन् । आफ्ना सयौं कर्मचारी रहेको र राज्यलाई वार्षिक करोडाैं कर तिर्ने गरेको उनले बताउँदै आएका छन् ।

उनको व्यवसायमा ठूला रकम बैंक तथा विभिन्न व्यक्तिहरूको लगानी रहेको बताइन्छ । अहिले उनलाई बैंक तथा ती ब्यक्तीहरूले धैर्य गरि सहयोग गरेका उनी स्वयम बताउँछन् ।

अध्यक्ष चौलागाईं आगामी आर्थिक बर्षसम्म सहकारीको सबै हिसाव मिलाई पुनः पहिलाकै व्यवसायमा फर्कने योजना रहेको बताउँछन् । उनले देशभरिका संघसंस्था, व्यवसायीहरूलाई अहिलेको बिकाराल अवस्थामा धैर्य गर्न अपिल गरेका छन् । आफ्नो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्