Shikhar Insurance

माधव नेपाल समुहले बनायो समानान्तर संगठन, कसले कहाँ पाए जिम्मेवारी ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २९, शनिबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टीमा समानान्तर जिम्मेवारी तोकेको छ । अध्यक्ष ओलीले आफु पक्षिय नेताहरुको जिम्मेवारी खोसेपछि जवाफमा नेपाल समुहले पनि समानान्तर जिम्मेवारी तोकेको हो । शनिबार बसेको नेपाल पक्षिय केन्द्रिय सदस्यहरुको बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

प्रदेश १ को संयोजकमा भिम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई र लुम्बिनी तथा कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई दिईएको छ । सुदूरपश्चिमको जिम्मा भने भीम रावललाई दिइएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त आएका छन् भने विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट र प्रचार विभागको जिम्मा योगेश भट्टराईले पाएका छन् । महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, सम्पर्क विभाग प्रमुखमा वेदुराम भुषाल र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ। नेताहरुले तोकिएको जिम्मेवारी अनुसार देशैभर संगठन निर्माणको कामलाई अघि बढाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्