Shikhar Insurance

विकास समितिले फास्टट्रयाकको अध्ययन गर्ने, गठन भयो उपसमिति

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार १३:४१
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकको अध्ययन गर्ने भएको छ । पछिल्लो समय काठमाडौं तराई मधेश द्रुतमार्ग ठेक्कामा अनियमितता भएको, निर्माणका क्रममा अवरोध भएको, आयोजनाले विविध प्राविधिक कमजोरी गरेको प्रश्न उठेपछि यथार्थ विवरण पत्ता लगाउन उपसमिति बनाइएको हो ।

प्राविधिक पृष्ठभुमिका सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति बनको छ । जसमा निर्माण विषयका जानकार संसद जीपछिरिङ लामालगायत सदस्य छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले विद्यमान अवस्था, कामको गुणस्तर, समस्यालगायत समग्र पक्ष अध्ययन गर्ने गरि विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको हो । पहाडीको संयोजकत्वमा गठीत उपसमितिमा
इन्दु शर्मा, अनिल झा, केदार सिग्देल सदस्य छन् ।

उपसमितिले विज्ञ तथा प्राविधिकसँग छलफल गरेर द्रुतमार्ग निर्माणमा समस्या निवारण, उठेका प्रश्न तथा अनियमितताबारे अध्ययन गर्नेछ ।

बुङमति खोकना समस्या, रेलवे क्रसिङलगायत समस्याका विविध पाटो अध्ययन गरि समयमै द्रुतमार्ग बनाउने काममा सहजीकरण गर्ने गरी उपसमिति गठन गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्