Shikhar Insurance

एनसीएचएलले २८.५० प्रतिशत बोनस सेयर दिने, सहायक कम्पनी पनि खोल्ने

सिंहदरबार संवाददाता
२०८० मंसिर १, शुक्रबार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश बाढ्ने भएको छ । कात्तिक २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले २८.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश पास गर्नका लागि कम्पनीले मंसिर १७ गतेका लागि १२ औं बार्षिक साधारण सभा बोलाईसकेको छ ।

कम्पनीले बोनस सेयर दिँदा २२ लाख ३२ हजार ६२१ कित्ता सेयर थपिनेछ । एनसीएचएलले आफ्नो अधिकृत पुँजी वृद्धि गरि २ अर्ब पुर्‍याउने भनेको छ । साथै, उपयुक्त कम्पनीसँग मर्जर तथा एक्विजिशनका लागि पनि बाटो खुला गरेको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरु मात्रै सेयरधनी रहने गरि मर्जर तथा एक्विजिशनका लागि कम्पनीले बाटो खुला गरेको हो । त्यस्तै, वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित सहायक कम्पनीका रुपमा पब्लिक लिमिटेड कम्पनी खडा गर्ने प्रक्रियाका लागि अध्ययन अघि बढाउने पनि भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एनसीएचएलले आव २०७८।२०७९ मा लगानीकर्ताहरुलाई कूल ४० प्रतिशत लाभांश दिएको थियो । सोमध्ये ३८ प्रतिशत बोनश सेयर र दुई प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्