Shikhar Insurance

उपत्यका बाहिरबाट पनि अनलाइनबाटै १ घन्टामा निःशुल्क डिम्याट खाता खोल्न सकिने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार १७:३०
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया क्यापिटलले उपत्यका बाहिरबाट पनि अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएसँगै कम्पनीले जनगुनासो सम्बोधन गर्न यस्तो सुविधा दिएको हो ।

देशभरबाट २०७८ साल आसार मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सबै ग्राहकबाट शूल्क नलिने कम्पनीले जनाएको हो । कम्पनीले अनलाइन फर्म बुझाएको १ घण्टा भित्रै डिम्याट खाता नम्बर उपलब्ध गराउने जनाएको छ । यो सेवा कार्यालय अवधिभर मात्र उपलब्ध हुनेछ । तर, १५ दिन भित्र एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको शाखामा सक्कल नागरिकता लिई स्वयम् उपस्थित हुनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्