Shikhar Insurance

एनआईसी एशिया बैँकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

सिंहदरबार संवाददाता
२०८० मंसिर १७, आईतवार १७:००
NIMB
Nabil Bank

काठमाडौँ । एनआईसी एशिया बैँकमा सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको छ । बैंकको मंसिर महिनाको औषत आधार दर १० दशमलव ७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्