Shikhar Insurance

नेपाल बैंकको सीईओ नियुक्तीमा विचौलिया हावी, पूर्व निर्धारित सेटिङमा टप फाइभको सूचि

सिंहदरबार संवाददाता
२०८० पुष २, सोमबार ०८:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको सीईओ नियुक्ती प्रक्रियामा टप पाँच जनाको सर्ट लिस्टिङ भएको छ । छनौट समितिले आइतबार राति आवेदक १९ जनामध्ये टप पाँच जनाको नाम सर्ट लिस्टिङ गरेको हो ।

टप पाँचमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम समेटिएको छ र उनीहरुलाई पुस ४ गते पावरपोइन्टसहित व्यवसायीक कार्ययोजना बोकेर प्रस्तुतिकरणका लागि उपस्थित हुन भनिएको छ । टप पाँचमा परेकामध्ये एक जना मात्रै गैर काँग्रेसी हुन, बाँकी ४ जना नै काँग्रेस निकटका छन् । तिनै चारजनामध्ये एक जनालााई सीईओ नियुक्त गरिने स्रोत बताउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बैंकको सीईओ भिडन्तमा नयाँ ट्वीस्टः तिलकराज पाण्डेको दमदार इन्ट्री


चारमध्ये पनि तिलकराज पाण्डेको अधिक सम्भावना रहेको बताइन्छ । पाण्डेले एक जना विचौलिया मार्फत अर्थमन्त्री डा. प्रकाश शरण महत तथा काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर सीईओ पक्का गरिसकेको स्रोत बताउँछ । उनी नेपाल बैंककै पूर्व कर्मचारी पनि हुन् । समता पन्त अर्की दावेदार हुन् । नेपाल बैंकमै निमित्त सीईओ रहेकी उनी पनि काँग्रेस निकट नै मानिन्छिन् ।  सुदुरपश्चिम घर भएका पन्तका श्रीमान नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन् ।

लक्ष्मण पौडेलले पनि आफ्ना लागि निकै जोडबल गरिरहेका छन् । उनका एक आफन्त नेपाल राष्ट्र बैंकको शक्तिशाली विभागमा कार्यकारी निर्देशक रहेका छन् । ध्रवचन्द्र गौतमले पनि आफ्नो सबै शक्ति लगाएर सीईओ बन्ने तयारी गरिरहेका छन्, उनी पनि काँग्रेस निकट नै हुन् । अशोक पौडेल भने एमाले निकट हुन ।
सीईओ बन्ने सूचिमा रहेका १९ मध्ये अब्बलहरुलाई सर्ट लिस्टङबाटै पाखा लगाईएको आरोप छ ।

नेपाल बैंकमा सीईओ नियुक्तीका लागि असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । बैंक सञ्चालक समितिका तत्कालिन सदस्य आनन्द काफ्लेले सरुवा मागेर गृह मन्त्रालय गएपछि उनको ठाउँमा उत्तर कुमार खत्रीलाई पठाईएको थियो ।

नेपाल बैंकको सीईओ नियुक्ती प्रकरणले अर्थमन्त्रालयका सह सचिव रहेका खत्रीको करिअरलाई नै दाउमा लगाईदिएको अड्कल गर्न थालिएको छ । ‘उहाँ राम्रो सम्भावना भएको सहसचिव हुनुहुन्थ्यो, नेपाल बैंकको सीईओ छनौट प्रकरणले उहाँलाई पछिसम्मै पिरोल्ने देखियो’, अर्थमन्त्रालय उच्च स्रोतले भन्यो ।

नेपाल बैंकमा सीईओ बन्न अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्