Shikhar Insurance

२० बाणिज्य बैंकले ४ महिनामा कमाए २१ अर्ब, कसको कति ?

सिंहदरबार संवाददाता
२०८० पुष २, सोमबार १८:११
NIMB
Nabil Bank

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले ४ महिनामा २१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा २१ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । यीनै २० बाणिज्य बैंकहरुले असोज मसान्त अवधीमा १४ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । बाणिज्य बैंकहरुले एक महिनाको अवधीमा आफ्नो ६ अर्ब २६ करोड अर्थात ४२.४४ प्रतिशतले बढाउन सफल भएका हुन् ।

यो अवधीमा सबै भन्दा धेरै नाफा नबिलले २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले एक अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधीमा एक अर्ब ८६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कृषि विकास बैंक भने चौथो महिनामा पनि नोक्सानीमै रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमै छ । यो चार महिनामा सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेर थोरै नाफा कमाउनेहरुको पहिलो नम्बरमै रहेको छ ।

नेपाल बैंकले ६६ करोड ८१ लाख, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २० करोड रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ड बैंकले ९८ करोड, हिमालयन बैंकले एक अर्ब ५० करोड, नेपाल एसबिआई बैंकले ६० करोड, एभरेष्ट बैंकले एक अर्ब ८ करोड, एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, माछापुच्छ्रे बैंकले ६७ करोड, कुमारी बैंकले ८८ करोड, लक्ष्मी सनराइज बैंकले ५१ करोड, सिटिजन्स बैंकले ५८ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब ५३ करोड, एनएमबि बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, प्रभु बैंकले एक अर्ब ५ करोेड रुपैयाँ र सानिमा बैंकले ७७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्