Shikhar Insurance

छ वाणिज्य बैंकको ९ महिने कमाईः ११ अर्ब ४७ करोड

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार ११:३१
NIMB
Nabil Bank

काठमाडौं । छ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । चैत मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण प्रकाशित गरेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिभिल बैंक र कुमारी बैंकले ११ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यीनै बैंकहरुले गत आर्थिक वर्षको चैत मसान्त अवधीसम्ममा जम्मा ८ अर्ब ९४ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका थिए । नौ महिनाको अवधीमा छ वाणिज्य बैंकहरुको नाफा २ अर्ब ५३ करोड अर्थात २८.२९ प्रतिशतले बढेको हो । चालु आवको चैत मसान्तसम्ममा यी बैंकहरुको वितरण योग्य नाफा ८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तेश्रो त्रैमासिक अवधीमा राष्ट्रिय वाणिज्य बैैंकले ३ अर्ब २७ करोड, प्रभु बैंकले २ अर्ब १० करोड, नेपाल बैंकले २ अर्ब २६ करोड, कुमारी बैंकले १ अर्ब ८० करोड, सिटिजन्स बैंकले १ अर्ब ५४ करोड र सिभिल बैंकले ५० करोड रुपैयाँ नाफा कमाएका छन् ।

१) प्रभु बैंक
बैंकले चैत मसान्त अवधीसम्ममा २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १०५.६७ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ६.६ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४२.०७ प्रतिशतले बढेर ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ४६.८५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब ३० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य आधाले घटेर १.४८ प्रतिशत पुगेको छ ।

२) राष्ट्रिय वाणिज्य बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १६२.७९ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ८.९८ प्रतिशतले घटेर ६ अर्ब ३४ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी ४६.६७ प्रतिशतले बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म २ खर्ब ४० अर्ब ७२ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ६७ अर्ब ५१ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर ३.६२ प्रतिशत पुगेको छ ।

३) नेपाल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड ४६ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोडबाट बढेर ४ अर्ब ७१ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ५० करोड ५२ लाखबाट बढेर ५९ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २९.७६ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ५१ अर्ब ६० करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २७ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर २.२९ प्रतिशत पुगेको छ ।

४) कुमारी बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेको हो ।

बैंकले हालसम्म १ खर्ब २७ अर्ब ६९ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २९ अर्ब ४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य १.०९ प्रतिशत पुगेको छ ।

५) सिटिजन्स बैंक
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा एक अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा त्यस्तो नाफा एक अर्ब ९ करोड रुपैयाँ मात्रै थियो । अर्थात सिटिजन्सले चालु आवको ९ महिने अवधीमा आफ्नो नाफा ४१.६१ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।

बैंकको वितरणयोग्य नाफा एक अर्ब ३६ करोड रुपैयाँ रहेको छ । चैत मसान्त अवधीसम्ममा बैंकले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

११ अर्ब ६६ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २०.७२ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४६.८७ रुपैयाँ छ ।

६) सिभिल बैंक
सिभिल बैंकले ९ महिनामा आफ्नो नाफा आधा अर्ब नघाएर ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा आफ्नो नाफा ३९.३९ प्रतिशतले बढाउन सफल भएको हो । बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बैंकले चैत मसान्त अवधीमा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६१.९६ प्रतिशतले बढी हो भने भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढी हो । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्