Shikhar Insurance

कोरोनासँग जुध्न चिनले भारतलाई सघाउने, नेपाललाई के गर्छ ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १९:३०
NIMB
Nabil Bank

काठमाडौं । चिनले कोरोनासँगको लडाईमा भारतलाई सहयोग गर्ने वचन दिएको छ । सार्क राष्ट्रका परराष्ट्र मन्त्रिस्तरिय भिडियो कन्फेरेन्सलाई सम्बोधन गर्दै चिनका विदेश मन्त्री वाङ यीले भारतलाई कोरोनासँग जुध्न आवश्यक पर्ने सबै सहयोग गर्ने बताएका हुन् ।

यतिबेला भारतमा कोरोना महामारीले अक्सिजनको चरम अभाव सृजना भएको छ । त्यति मात्रै नभएर अत्यावश्यक स्वास्थ्य सेवा सामग्रीहरुको पनि अभाव छ । चिनियाँ विदेश मन्त्रीले चिनियाँ कम्पनीहरुले सरकारको कदममा सहयोग गरेको र पहिलो चरणको खोप भारत पुगेको पनि जानकारी दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

भिडियो कन्फेरेन्समा चिनियाँ विदेश मन्त्री यीले नेपाल लगायतका अन्य दक्षिण एसियाली राष्ट्रहरुलाई पनि कोरोनासँगको संघर्षमा सहयोग गर्ने बताएका थिए । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने घोषणा पनि उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्