Shikhar Insurance

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४ प्रतिशतले घट्यो, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ०९:२०
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १८ रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा ३४.३४ प्रतिशत कम नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको यही अवधिमा १ अर्ब ८० करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ९५ करोड ५९ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी घट्दा खुद मुनाफा कम भएको हो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७२ करोडबाट ३३.०८ प्रतिशतले घटेर १ अर्ब ८३ करोड २७ लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी पनि २२.०७ प्रतिशतले घटेर ४९ करोड १९ लाख पुगेको छ ।

बैंकले यस अवधिमा १ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ५८ करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म ७८ अर्ब ३८ करोड रूपैयाँ निक्षेप परिचालन गरी ६१ अर्ब ९५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप खुम्चिएको छ भने कर्जा विस्तार भएको छ । अघिल्लो चैत मसान्तसम्म बैंकको निक्षेप र कर्जा क्रमशः ९५ अर्ब २ करोड र ५३ अर्ब ९२ करोडले बढेको हो ।

बैंकको निष्क्रिय कर्जा बढेर ०.५ प्रतिशत भएको छ ।

८ अर्ब ५७ करोड रूपैयाँ चुक्तापुँजी भएको बैंकको रिजर्भमा ५ अर्ब ७० करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधारदर ७.२७ प्रतिशतबाट ५.३३ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ५.३२ प्रतिशतबाट ४.०५ प्रतिशतमा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 78388652
कर्जा : 61957579
खुद ब्याज आम्दानी : 1832750
सञ्चालन मुनाफा : 1693071
खुद मुनाफा : 1183620
वितरणयोग्य मुनाफा : 955905
प्रतिसेयर आम्दानी : Rs. 18.41
नेटवर्थ : Rs. 186.95
कोषको लागत : 3.45 %
खराब कर्जा : 0.5 %
आधार ब्याजदर : 5.33 %
स्प्रेड दर : 4.05 %

GBIME

प्रतिक्रिया दिनुहोस्