Shikhar Insurance

२० बाणिज्य बैंकले पाँच महिनामा कमाए २८ अर्ब २७ करोड, नबिलले सर्वाधिक कमाउँदा कृषि विकास बैंकले ऋण तिर्यो

सिंहदरबार संवाददाता
२०८० पुष २९, आईतवार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार २० बाणिज्य बैंकहरुले सो मात्रामा नाफा आर्जन गरेका हुन् ।

२० मध्ये पाँच महिनामा सबै भन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले यो अवधीमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । दोश्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ, ग्लोबलले पाँच महिनामा २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरि तेश्रो धेरै नाफा कमाउने बैंकको स्थान कब्जा गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कृषि विकास बैंक चालु आर्थिक बर्षमा पहिलो पटक धनात्कम अवस्थामा आईपुगेको छ । यस अघिसम्म नोक्सानीमा रहेको बैंकले मंसिर महिनामा आईपुग्दा भने १२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । एनआईसी एशिया बैंकले एक अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने प्रभु बैंकले एक अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ ।

एभरेष्ट बैंकले एक अर्ब ४० करोड रुपैयाँ कमाउँदा एनएमबि बैंकले एक अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको छ । प्राइम कमर्सियल बैंकले एक अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले एक अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ४१ करोड रुपैयाँ कमाउँदा कुमारी बैंकले एक अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल बैंकले एक अर्ब २१ करोड रुपैयाँ नाफा जोड्दा स्ट्याण्डर्ड चाटर्ड बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंकले एक अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले ७० करोड रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले ८९ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले ७४ करोड रुपैयाँ नाफा जोड्न सफल भएको छ । माछापुच्छ्रे बैंकले ७६ करोड रुपैयाँ रुपैयाँ जोडेको छ । सिद्धार्थ बैंकले भने ६२ करोड रुपैयाँ नाफा जोडेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्