Shikhar Insurance

रिलायबल नेपाल लाइफले बोलायो माघ २९ गते साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १३:०९
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ७औँ साधारण सभा बोलाएको छ । कम्पनीकाे माघ ४ गते बसेको सञ्चालक समितिको बैंठकले सभा माघ २९ गते लिसरा व्यांकेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११:०० बजे आव्हान गरेको हो ।

सभाले संञ्चालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी गत आ.वको मुनाफबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत सेयर कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४(५) बमोजिम उपसमितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको भत्ता अनुमोदन गर्ने भएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हुँदा माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्