Shikhar Insurance

सरकारले भन्योः अस्पतालमा बेड छैन्, हामीले धान्न सकेनौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार २०:२५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कोरोना संक्रमितहरुका लागि अस्पतालहरुमा बेड खाली नरहेको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै सबै अस्पतालहरुमा बेड भरिएकाले थप संक्रमितहरुको उपचार गर्न नसकिने बताएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समिर कुमार अधिकारीले विज्ञप्तिमा भनेका छन–‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह्र गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भैसकेको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण फैलिएकाले आम नागरिकले पनि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, बारा, बाँके, चितवन, मकवानपुर, काभ्रे, सुनसरी, झापा, पर्सा, धनुषा, कास्की, दाङ, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा उच्च संक्रमण दर रहेको पनि मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्