Shikhar Insurance

मलेसियाको हिरासतबाट १ सय भन्दा बढी रोहिंग्या शरणार्थी फरार

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १३:२९
NIMB
Nabil Bank

एजेन्सी । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि पारेका हुन् ।

प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताए । उनले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताए । प्रहरीका अनुसार दङ्गा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ । आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेशिया र बङ्गलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरहरूमा रहेका छन् । गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बङ्गलादेश र म्यान्माबाट थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पक्राउ परेमा उनीहरूलाई सामान्यतया भीडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन् । मलेसियामा एक लाखभन्दा बढी रोहिङ्ग्याहरू अवैध रूपमा स्थापित व्यवसायिक संस्था र अन्य कम तलबका काम गर्छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्