Shikhar Insurance

दाङमा ४६ लाख रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १६:२२
NIMB
Nabil Bank

दाङ । दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारको ४६ लाख रुपैयाँ लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठुलाचौरमा करिब २० घर छन् । यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् । पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन् । “गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ”, स्थानीय गङ्गाराम विकले भन्नुभयो, “पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।” पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारीपारि गर्न सक्दैनन् ।“विद्यार्थी पनि वर्खा भरि विद्यालय जान पाउँदैनन् । पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्”, स्थानीय दिला विश्वकर्माले भने । खोलामा पुल नुहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो । पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्