Shikhar Insurance

सेयर बजारमा निषेधाज्ञाको प्रभाव ‘शून्य’, कारणः अनलाइन कारोबार

आइतबार नेप्से ५४ अंकले बढ्दा ७ अर्बभन्दा बढीको कारोबार
सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञाका कारण देशभरका अधिकांश जिल्लाको जनजीवन प्रभावित छ । आवागमन ठप्प छ । अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द छन् ।

यो महामारीका बेला धितोपत्रको दोस्रो बजार भने खुला छ । नेपाल स्टक एक्स्चेन्ज, नेपाल धितोपत्र बोर्डले स्वास्थ्य सावधानी अपनाएर बजार खोल्न अनुमति दिएको हो । यसैबीच ब्रोकरहरूले पनि सबै कारोबार विद्युतीय माध्यमबाट गर्ने सक्षमले मात्र कारोबार गर्न आह्वान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राजधानीमा निषेधाज्ञा सुरु भएयता दुई कारोबार दिन सेयर किनबेच भएको छ । निषेधाज्ञाको पहिलो दिन वैशाख १६ गते सेयर बजार २५.८२ अंकले बढेको थियो । बिहीबार नेप्से १ प्रतिशतले बढेर २६११.१० अंकमा पुगेको हो ।

नेप्सेमा सुधारको क्रमले आइतबारको कारोबारमा पनि निरन्तरता पाएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेको छ ।

निषेधाज्ञाका माझ बिहीबार बजारमा करिब साढे ४ अर्बको सेयर किनबेच भएका थिए । कारोबार रकम बिहीबारको भन्दा ३ अर्ब बढी छ ।

निषेधाज्ञा नहुँदाकै दिनमा ५ देखि ७ अर्बको कारोबार हुने क्रम निषेधाज्ञा हुँदा पनि नरोकिएको हो ।

दोस्रो बजारमा टीएमएस (अनलाइन माध्यम)बाट कारोबार गर्नेको संख्या ६ लाख पुगेको छ । नेप्सेका अनुसार सेयर बजारमा त्यतिको संख्यामा अनलाइन युजरनेम आईडी र पासवर्ड लिने कारोबारी छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, “सतप्रतिशत नै त नभनौं, ९० प्रतिशतभन्दा बढी लगानीकर्ता अनलाइनमाध्यमबाट कारोबार गर्छन् । यो सहजता नेप्सेले ल्याएको टीएमएसकै देन हो ।”

ब्रोकर कार्यालयमा उपस्थित नभइ सेयर कारोबार गर्न नेप्सेले निर्देश गरेको थियो । जसअनुसार अधिकांश लगानीकर्ताले टीएमएस प्रयोग गरी धितोपत्र खरिद र बिक्रीको आदेश दिने गरेका छन् । प्रविधिमा अभ्यस्त नभएका लगानीकर्ता अझै म्यानुअल कारोबार गर्छन् ।

“निषेधाज्ञाको अवधिमा अधिकांशले अनलाइन कारोबार गरेका छन्,” प्रवक्ता पराजुलीले सिंहदरबारसँग भने, “प्रविधिमा अभ्यस्त नभएका, ब्रोकरसँग राम्रो सम्बन्ध भएका, ठूलो परिमाणमा किनबेच गर्नेको संख्या एकदमै थोरै छ तर कारोबार रकम भने बढी हुन्छ ।”

निषेधाज्ञामा सेयर बजार कम प्रभावित हुनुको श्रेय अनलाइन कारोबारलाई जान्छ ।

उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिन सेयर बजारमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भएको थियो ।

नेपाल स्टक एक्स्चेन्जले सेयर ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर सेयर कारोबार गर्न परिपत्र गरेको थियो । नेप्सेले ब्रोकरहरूलाई विश्व स्वस्थ्य संगठन, नेपाल सरकार र नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार जारी राख्न परिपत्र गरेको हो ।

नेप्सेले सकेसम्म अनलाईन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न निर्देश गरेको छ । नेप्सेको परिपत्रमा अनलाइन माध्यमबाट हुने कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनिएको थियो ।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित हुनुपर्दैन ।

नेप्सेको यही निर्देशनलाई मध्यनजर गर्दै ब्रोकर्स एसोसियसन अफ नेपालले विद्युतीय माध्यमबाट कारोबार तथा भुक्तानीको ज्ञान भएमात्र निषेधाज्ञाको समयमा धितोपत्रको दोस्रो बजारमा सहभागी हुन आह्वान गरेको थियो ।

आइतबारको बजारः नेप्से ५४ अंकले बढ्यो, ७ अर्बको सेयर किनबेच
निषेधाज्ञाका माझ नेप्से परिसूचक बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन नेप्से ५४ अंकले बढेर २६६५.११ अंकमा पुगेको हो ।

नेप्से २.०७ प्रतिशतले बढेको दिन बजारमा २ सय २६ स्क्रिप्ट कारोबार भएका छन् । सोक्रममा १ करोड ५८ लाख कित्ता सेयर ७ अर्ब ३६ करोड रूपैयाँमा किनबेच भए ।

कारोबार सुरू भएको केहीबेर घटेको नेप्से २० मिनेट पछि बढ्न थालेको थियो । बढ्ने क्रमले अन्तिमसम्मै निरन्तरता पाउँदा आज नेप्सेमा सुधार आएको हो ।

आइतबार कारोबारमा आएका सबै समूहगत उपसूचकमा सुधार आए । जसमध्ये १ सय ६३ कम्पनीका लगानीकर्ताले कमाए भने ७ कम्पनीको मूल्य घटेको छ ।

कमाउनेमा विशाल बजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोका सेयरधनीले सर्वाधिक १० प्रतिशत कमाए ।

हेरौं, आइतबारको ट्रेडिङ समरी

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्