Shikhar Insurance

लुम्बिनीमा विष्णु पौडेलले शंकर पोखरेललाई किन दिए धोका ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी प्रदेशको राजनीतिले यतिबेला राष्ट्रिय राजनीति तातेको छ र त्यो भन्दा बढी कम्पन बालुवाटारमा गएको छ । नेकपा(एमाले) उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल निकटहरुले धमाधम मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन् ।

२०७४ सालको निर्वाचनमा सुर्य चिन्ह लिएर चुनाव लडेका र प्रदेश सांसद जितेका दुईजनाले शंकर पोखरेलको साथ छाडेका छन् । त्यति मात्रै होइन, एमालेकै कोटामा दाङ ३ (ख) मा नेकपाको तर्फबाट उपचुनाव जितेकी विमला वलीले पनि माओवादी केन्द्र रोजिसकेकी छिन् ।
एमाले पृष्ठभूमिकी वली पनि विष्णु पौडेल निकट नै हुन् । एमाले र माओवादीमध्ये एक छान्ने अवसर आउँदा उनले अन्ततः माओवादी रोजिन् ।
विष्णु पौडेलको अगुवाईमा सुर्य चिन्हबाट चुनाव लडेका कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ती दुवैले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर नै गरेका छन् । हृदयश त्रिपाठीको समुहलाई दुई बुँदे सहमति मार्फत सुर्य चिन्हबाट निर्वाचन लडाउने कामको नेतृत्व विष्णु पौडेलले नै गरेका थिए । त्रिपाठीको समुह संघीय सरकारमा केपी ओलीसँगै छ । तर प्रदेशमा भने शंकर पोखरेल अर्थात एमाले(ओली)को साथ छाडेर माओवादी केन्द्रसँगको सहकार्यमा छ ।

उता, कपिलवस्तु–२ (क) बाट निर्वाचित एमाले प्रदेश सभा सदस्य दृगनारायण पाण्डेयले राजीनामा नै दिएका छन् । उनी पनि विष्णु पौडेल निकट मानिन्छन् । पौडेलले नै उनलाई प्रदेश सभा सदस्यको टिकट दिएका थिए । पाण्डेयले एमाले पार्टी र प्रदेश सभा दुवै पदबाट राजीनामा दिएका हुन् ।

दाङकी वली, कपिलवस्तुका श्रीवास्तव, पश्चिम नवलपरासीका शाही र कपिलवस्तु २(क)का पाण्डेय चारै जना राजनीतिक रुपले विष्णु पौडेलसँग जोडिएका सांसद हुन् । र सबैले शंकर पोखरेलको साथ औपचारिक रुपले नै छाडिसकेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर एकल बहुमतको मुख्यमन्त्री बन्न चाहेका थिए । उनले आइतबारै सपथग्रण त गरेका छन् तर उनीसँग एकल बहुमत पुग्ने सम्भावना समाप्त भएको छ । किन की उनले आफ्नो सूचिमा समावेश गरेका चार जना सांसदले साथ छाडिसकेका छन् ।

आखिर किन भयो यस्तो ? विष्णु पौडेलले धोका दिएकै हुन् त पोखरेललाई ?
यतिबेला ओली एमालेमा ओलीको उत्तराधिकारी बन्ने नाममा नेताहरु एक अर्काको राजनीतिक भविष्य समाप्त पार्ने अभियानमा लागि परेका छन् । महासचिव ईश्वर पोखरेलले ओलीपछिको नेतृत्वको लागि तयारी गरिरहेका छन् । ईश्वरलाई ओलीले नै खासै नरुचाउने भएकाले दोश्रो पुस्ताबाट ओलीको उत्तराधिकारी बन्ने कसरतमा विष्णु पौडेल र शंकर पोखरेल लागिपरेका हुन् । पौडेल र पोखरेलको यहि उत्तराधिकारी बन्ने होडले लुम्बिनीमा रडाको मच्चाएको हो ।

शंकर पोखरेलले आफुलाई वैचारिक नेता र जबजको ब्याख्याकार भन्दै ओलीको उत्तराधिकारीका रुपमा अघि सार्ने गरेका छन् । उनले ओलीको उत्तराधिकारी बन्ने पहिलो अधिकार र हैसियत आफुसँग मात्रै भएको निकटस्थहरुलाई बताउने गरेका छन् । उता पौडेलले भने आफ्नो समन्वयकारी भूमिका र पार्टीका लागि श्रोत व्यवस्थापन गर्न सक्ने आफ्नो क्षमताका कारण ओलीको उत्तराधिकारी बन्नुपर्ने तर्क राख्दै आएका छन् ।

लुम्बिनीका यी दुई नेताबीच यहि उत्तराधिकारी बन्ने प्रतिष्पर्धाले प्रदेशमा रडाको मच्चिएको हो । त्यसो त लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा पनि पौडेल र पोखरेलबीच संघर्ष चलेको थियो । पौडेलले बुटवललाई राजधानी बनाउने भन्दै चुनावी अभियान गरेका थिए । तर पोखरेलले पौडेललाई नटेरी लुम्बिनी प्रदेशको राजधानी दाङ उपत्यका लगे । बुटवललाई राजधानी बनाउन नसकेको इगो साँचेर बसेका पौडेलले त्यसको बदला अहिले लिईरहेका छन् ।

त्यसो त विष्णु पौडेल यतिबेला केन्द्रको राजनीतिक जोड घटाउमा छन् । उनीसँग अर्थमन्त्रालयको शक्ति पनि छ । अर्थमन्त्री बन्ने सपना बोकेर बसेका शंकर पोखरेल भने प्रदेश मुख्यमन्त्रीमा खुम्चिएका छन् । प्रदेशमा धेरै बस्नुपरेपछि राष्ट्रिय राजनीतिमा पनि उनको प्रभाव क्रमशः घट्दै गएको छ । अब भने प्रदेशकै राजनीतिमा पनि पौडेलले हलो अड्काईदिएका छन् ।

पौडेलले नै प्रचण्ड मार्फत कृष्ण बहादुर महरालाई उचालेर दाङमा शंकर पोखरेललाई प्रदेशमा बस्न बाध्य पारेको सूचना पनि पोखरेलले संकलन गरेरै राखेका छन् । पोखरेलले संघमा निर्वाचन लड्ने अवसर पाएको भए अर्थमन्त्री बन्ने सपना पनि पुरा हुन सक्थ्यो तर विष्णु पौडेलकै कारण महरा अघि सरे र पोखरेल प्रदेश सभामा खुम्चिन पुगे ।

एमालेको अघिल्लो महाधिवेशनमा माधव नेपाल टिमका घनश्याम भुषालसँग मिलेर आफुलाई उप महासचिवमा पौडेलले नै पराजित गरेको आरोप पनि पोखरेलले लगाउने गरेका छन् ।

बालुवाटारमा कम्पन
दुई नेतामध्ये को उत्तराधिकारी बन्ने ? भन्ने प्रतिष्पर्धाले लुम्बिनीमा रडाको मच्चिएपछि बालुवाटारमा ठूलै रेक्टरको कम्पन गएको छ । ओलीका अगाडी चुइक्क बोल्न नसक्ने नेताहरु उनको पछाडी भने एकापसमा भिडिरहेको दृश्यले ओलीलाई तनाब दिएको श्रोत बताउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्