Shikhar Insurance

वार्षिक साढे ८ प्रतिशत ब्याज ढुक्क, नेपाल बैंक ऋणपत्र २०८७ को आवेदन खुल्ला

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र बिक्री आजदेखि खुला भएको छ । वार्षिक साढे ८ प्रतिशत ब्याज प्राप्त हुने १० वर्षे ऋणपत्र निष्काशन खुला भएको हो ।

‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको प्रतिकित्ता १ हजार रुपैयाँ ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ । जसको ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । साथै, बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने उल्ल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ऋणपत्र बिक्रीका प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । इच्छुक लगानीकर्ताले छिटोमा वैशाख २६ गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

आवेदन दिनका लागि लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् । यस्तै मेरोसेयरबाट पनि ऋणपत्रको आवेदन दिन सकिन्छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको जनाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्