Shikhar Insurance

सिंगटी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १०:१६
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने फागुन २२ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले १ः१ अनुपातमा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Nepal Life

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्