Shikhar Insurance

१० प्रतिशत नाफा राखेर रूसी खोप आयात गर्न लोमसलाई अनुमति

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्सलाई रसियन खोप आयातका लागि अनुमति दिएको छ । लोमसले नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने अनुमति पाएको हो ।

लोमस स्पुतनिक भीको लोकल एजेन्ट हुनेछ । लोमसले २ डोज खोप ३ हजार ४ सय ८५ रूपैयाँमा उपलब्ध गराउनेछ । कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा नराखी आयात गर्न पाउने छ । रसियन खोप आयातका लागि लोमसले मात्र आवेदन दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्पुतनिक भीको प्रभावकारिता ९२ प्रतिशत छ । खोप २ देखि ८ डिग्रि तापक्रममा भण्डारण गर्न मिल्छ ।

लोम फार्मास्युटिकल्स व्यवसायी प्रदीप जंग पाण्डेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्