Shikhar Insurance

पार्टी र लाईन नमिल्ने कर्मचारी फेर्दै वर्षमान पुन, यी कर्मचारी छन् सरुवा लिष्टमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार ११:२८
NIMB
Nabil Bank

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले कर्मचारी हेरफेरको तयारी गरेका छन्। मन्त्री पुनले पार्टी र प्राविधिक रुपले नमिल्ने कर्मचारीहरुलाई सरुवा गर्ने तयारी गरेका हुन्।  बुधबार (फागुन २३ गते) पदभार ग्रहण गरेपछि मन्त्रालयको सुवर्ण हलमा भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले प्राविधिक रुपले नमिल्ने कर्मचारीलाई सरुवा गर्ने बताएका थिए।

उनले कर्मचारीहरुको सबै विभाग, निकायको ब्रिफिङ लिएपछि सरुवाको निर्णय लिने बताएका छन्। मन्त्री पुनले धमाधम ब्रिफिङ लिन सुरु गरिसकेका छन्। मन्त्रालयमा अहिले सबैभन्दा धेरै नेपाली काँग्रेस निकट कर्मचारी छन्। मन्त्रालयका २ सचिव मध्ये दुबै जना माओवादी निकट होइनन्। अर्थसचिव कृष्णहरि पुष्कर काग्रेंस निकट कर्मचारी हुन् भने डा. रामप्रसाद घिमिरे एमाले निकट कर्मचारी हुन्।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार मन्त्री पुनले अर्थ सचिव पुष्करलाई तुरुन्तै सरुवा गर्न लागेका छन्। पुष्कर भारतिय दुतावास नजिकका कर्मचारी समेत मानिन्छन्। नयाँ सरकार गठन गर्नका लागि चीनले ठूलो भुमिका खेलेकोले पुष्करलाई सरुवा लिष्टमा राखिएको हो ।

यस्तै पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएका राजस्व सचिव घिमिरेको भने पद जोगिने देखिएको छ। एमाले पनि सरकारमा सहभागी हुदाँ उनलाई सहज भएको हो । माओवादी निकट कर्मचारीहरुले अब मन्त्रालयमा कुन सचिव ल्याउने भन्ने विषयमा छलफल समेत सुरु गरिसकेका छन् ।  स्रोतका अनुसार विस्वासको मत लिएर कर्मचारी सरुवा गर्ने कि नलिइकन सरुवा गर्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

मन्त्रालयको महत्वपुर्ण दुई विभागमा हाल काग्रेँस निकट सहसचिव रहेका छन्। आन्तरिक राजस्व विभाग महानिर्देशकमा सहसचिव भुपाल बराल छन् भने भन्सार विभाग महानिर्देशकमा शोभाकान्त पौडेल छन् । सहसचिव बराल सिनियर सहसचिव हुन् ।

उनी बैशाख महिनामै सचिवमा बढुवा हुदैंछन्। यसकारण उनी आफैंले विभागबाट सरुवा माग्नेछन्। यस्तै भन्सारका महानिर्देशक पौडेलले पनि जिम्मेवारी रहुन्जेल इमान्दारीका साथ काम गर्ने बताए। उनले भने ‘सहसचिवले सरुवा हुदाँ अनौठो मान्नु हुदैंन सरकारले खटाएको ठाउँमा इमान्दार पुर्वक जिम्मेवारी निर्वाह गर्ने हो ।’

मन्त्री पुनले हालको राजस्व संकलनलाई बढाएर १० प्रतिशतबाट २० प्रतिशत पुर्याउने बताएका छन्। अहिले गत आर्थिक वर्ष २०७९/०८० भन्दा १० प्रतिशतले राजस्व संकलनमा वृद्धि छ । यो आकँडालाई २० प्रतिशत पुर्याउने मन्त्री पुनको योजना छ।

यसैगरी मन्त्रालयको बजेट महाशाखामा सहसचिव उत्तर कुमार खत्री छन्। उनी पनि काँग्रेस निकट कर्मचारी हुन्। पछिल्लो समय अर्थ मन्त्रालयमा नयाँ मन्त्री आउने बित्तिकै पार्टी निकटका कर्मचारीहरु ल्याउने प्रचलन बढेको छ। पुर्व अर्थमन्त्री प्रकाशशरण महतले पनि तीन जना सचिव परिक्षण गरेका थिए। उनले सुरुमा सचिव तोयम रायलाई फेरेर अर्जुन प्रसाद पोख्रेल ल्याएका थिए। यसपछि पुष्करलाई ल्याएका थिए।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्