Shikhar Insurance

१ हजारले घट्यो सुनको मूल्य, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ कारोबार दिन सुनको मूल्य १ हजारले घटेको छ । आज छालावाल सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सूनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २५ हजार ४ सय रुपैयाँ रहेको थियो । साथै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्