Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जना मैदानमा, नयाँ स्टकलाई लाइसेन्स मुख्य कार्यभार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन फागुन ३० गते कार्यालय समयभित्र १९ जनाको आवेदन परेको हो । आवेदन दिनेहरुमध्येबाट छनौट समितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने छ । तिमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषदाई सिफारिस गरेपछि सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो । समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । बोर्डमा आउने नयाँ अध्यक्षको मुख्य कार्यभार भने नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनु हो । स्टकको लाइसेन्सका लागि व्यवसायीक घरानाहरुबीच प्रतिष्ठाको लडाई उत्कर्षमा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डको अध्यक्ष पद पुस २१ गतेदेखि रिक्त छ । अब आउने अध्यक्षले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने भएकाले ब्यवसायीक घरानाहरु आफू अनुकूल पात्रलाई बोर्ड अध्यक्ष बनाउन लागि परेका छन् । नयाँ स्टकका लागि दीपक भट्टको अगुवाइमा हिमालयन स्टक र दीपक तिमल्सिनाको अगुवाइमा नेशनल स्टक बिच मूल प्रतिस्पर्धा छ । पछिल्लो समय भने प्रधानमन्त्री प्रचण्डसंगको सम्बन्धका कारण आईएमई ग्रुपका चन्द्र ढकालको भूमिका पनि महत्त्वपूर्ण बनेको छ । यद्यपि ढकालले आफ्नै अगुवाइमा फाइल भने हालेका छैनन् । ढकालले जुन ग्रुपलाई सहयोग गरे सोही ग्रुपले स्टकको लाइसेन्स हात पार्ने बताईन्छ ।

यी हुन आवेदक
बोर्ड अध्यक्ष बन्नका लागि बीमा समिति(हाल नेपाल बीमा प्राधिकरण)का तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकत्रय डा. नबराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्ण पोखरेलले आवेदन दिएका छन् ।

त्यस बाहेक नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकै कर्मचारी प्रबिण पन्दाक, सेयर बजारका खेलाडी डा. केशब प्रसाद श्रेष्ठ र रघु काफ्लेले पनि आवेदन दिएका छन् ।

त्यस्तै, खगेन्द्र कटुवाल, धितोपत्र बोर्डकै पूर्व कार्यकारी निर्देशक निरज गिरी, सन्तोष नारायण श्रेष्ठ, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, निफ्राका पूर्व सिईओ रामकृष्ण खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, सेयर बजारका विश्लेषक मुक्ति अर्याल, बिमल तिवारी, रामदेव यादव र सुर्य प्रसाद अधिकारीले पनि आवेदन दिएका छन् ।

अपडेट गरिएको–सम्पादक

 

GBIME

प्रतिक्रिया दिनुहोस्