Shikhar Insurance

भन्सार विभागले फागुन महिनामा उठायो ३६ अर्ब राजस्व, गतवर्ष भन्दा तीन अर्ब बढी

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार ११:४८
NIMB
Nabil Bank

काठमाडौं । भन्सार विभागले फागुन महिनामा ३६ अर्ब १० करोड राजस्व संकलन गरेको छ । विभागले गतवर्षको तुलनामा ३ अर्ब १० करोड रुपैयाँ बढी राजस्व असुल गरेको हो । फागुन महिनामा विभागले ५४ अर्ब ९१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यभन्दा १८ अर्ब ८० करोड कम राजस्व संकलन भएको हो ।

चालु वर्षको आठ महिना सकिदाँ २ खर्ब ६६ अर्ब ७६ करोड भन्सार महसुल संकलन गरेको छ । यो गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा २४ अर्ब बढी राजस्व संकलन भएको हो। चालु वर्षको सुरुवातिदेखि नै आयातमा निरन्तर गिरावट आइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आयातमा गिरावट आएपनि राजस्व संकलनमा भने सुधार भएको हो । गतवर्ष भन्दा कम आयात हुदाँ पनि राजस्व संकलनमा भने ९.८३ प्रतिशतको सुधार आएको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले राजस्वको वृद्धिदरलाई अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले वृद्धि गर्ने योजना सुनाएका छन् । यद्यपी चालु आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा मन्त्रीले तोकेको लक्ष्य पुरा गर्न पनि कठिन रहेको छ ।

विभाग चालु आर्थिक वर्षको कुल लक्ष्यबाट १ खर्ब ४५ अर्ब ३१ करोड रूपैयाँले पछि परिसकेको छ । चालु वर्ष लक्ष्य नभेट्ने निश्चित भैसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्