Shikhar Insurance

शिवशंकर इनभेष्टमेन्ट र एलएस क्यापिटलबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धमा एलएस र शिवशंकर इन्भेष्टमेन्टबीच सम्झौता भएको हो ।

सम्झौतामा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रम केन्द्रित लगानी गर्ने कम्पनी हो । हाल कम्पनीले सानिगड हाइड्रो लिमिटेड, कलंगा हाइड्रो लिमिटेड र बुङ्गल हाइड्रो लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ । साथै, शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड र श्री गणेश इन्भेष्टमेन्ट मर्जरको प्रक्रियामा छन् । आईपीओ पश्चात् कम्पनीले चुक्ता पुँजी १ अर्बमाथी पु¥याउने योजना राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्