Shikhar Insurance

सुन तस्करका मुख्य नाइके जिवन गुरुङ विरुद्ध १ अर्ब ४० करोड बिगो माग दाबी सहित मुद्दा दायार

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १७:३४
NIMB
Nabil Bank

काठमाडौं । १४ किलो सुन प्रकरणका मुख्य अभियुक्त जिवन गुरुङ विरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान सकेको छ । कार्यालयले अनुसन्धान सकेर मुद्दा दायार गरेको हो ।

कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयबाट राय लिएर जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायार गरेको हो । १४ किलो सुन अध्ययन गर्न गठित समितिका एक सदस्यका अनुसार गुरुङसँग मात्रै १ अर्ब ४० करोड बिगो माग दाबी गरिएको छ । यस्तै पाँच वर्ष जेल सजायको माग माग गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ती अनुसन्धान अधिकृतले सिहंदरबारसँग भने, ‘गुरुङ भेपमा सुन ल्याएको विषयमा पनि दोषी देखिएका रहेछन्, उनलाई सीआईबीले बयान गरी पुन: छाडेको देखियो ।’ ती कर्मचारीका अनुसार गुरुङ तत्कालिन गृहमन्त्री नायाणकाजी श्रेष्ठको पावर प्रयोग गरी बच्न सफल भएका थिए । गुरुङ आफू सुन तस्करीमा सहभागी भएको अनुसन्धान अधिकृत समक्ष स्वीकार गरिसकेका छन् ।

मंसिर २२ गते गोरखाका चन्द्र बहादुर घलेले इस्टकोटमा १४ किलो सुनको डल्ला लिएर आएका थिए । घलेलाई पक्राउ गरी  कार्यालयले अनुसन्धान अघि बढाउँदै जादाँ जिवन गुरुङसम्म पुगेको थियो । गुरुङलाई पक्राउ गर्न कार्यालयले प्रहरीले पक्राउ पूर्जी जारी गरेपनि लामो समयसम्म लुकेर बस्न सफल भएका थिए । गुरुङले तस्करीबाट ल्याइएको सुन सेटिङ गरी भारत पठाउन भुमिका खेलेका थिए ।

गुरुङ पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार समेत हुन् । उपराष्ट्रपतिकै शक्ति दुरुपयोग गरी गुरुङले सुन तस्करी गर्ने गरेका थिए ।

कार्यालयले सिमित स्रोत साधनको वावजुत पनि उत्कृष्ट अनुसन्धान गरेको हो । ६०.७ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई जिम्मा लगाएको थियो ।

तर, कार्यालयले भने अनुसन्धानबाट विमानस्थल भन्सारबाट डरलाग्दो सुन तस्करीको जालो पत्ता लगाएको हो । कार्यालयले विमानस्थलको शौचालयमा सुन राख्न दराज नै निर्माण गर्ने गरेको भेटेको हो । जसमा नागरिक उड्यान प्राधिकरणका कर्मचारीहरु समेत सहभागी भएको पत्ता लागेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्