Shikhar Insurance

अर्थमन्त्री पुनले गभर्नरलाई फकाइरहेका छन् कि धम्काइरहेका छन् ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ३, शनिबार १८:१८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री र गभर्नरको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न कोणबाट छलफल हुने गरेको छ । मन्त्री र गभर्नरको टोन नमिल्दा अर्थतन्त्रमै गम्भिर धक्का पर्ने हुन्छ । तर मन्त्री र गभर्नरबिचको सम्बन्ध भने अझै सुध्रिन सकेको छैन ।

नवनियुक्त मन्त्री वर्षमान पुन र गभर्नर महाप्रसाद अधिकारीको सम्बन्धको विषयमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । मन्त्रीको स्वागतमा मन्त्रालयको सुवर्ण हलमा फागुन २३ गते भएको कार्यक्रममा नरम देखिएका गभर्नर अधिकारीप्रति  शनिबार मन्त्री पुनले घुमाउरो भाषा प्रयोग गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय वाणिज्य बैंकले राजधानीमा गरेको व्यावस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ मा बोल्दै मन्त्री पुनले दोहोरो अर्थ राख्ने गरी गभर्नर अधिकारीलाई धम्काएका हुन् । मन्त्री पुनले अर्थ मन्त्रालयलाई सहयोग नगरे बोर्डबाटै गर्भनर तह लगाउने बताएका हुन् । पुनले राष्ट्र बैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई तह लगाउन सक्ने संकेत गरेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन जना विज्ञलाई संचालकका रुपमा पठाउने व्यवस्था छ । अहिले बोर्डमा अर्थसचिव डा. कृष्णहरि पुस्कर, चिन्तामणि सिवाकोटी, डा. शंकर प्रसाद आचार्य र डा. रविन्द्र प्रसाद पाण्डे छन् । बैंक बोर्डमा सरकारको स्पष्ट बहुमत हुने भएकाले गभर्नर माथी दबाब बढाउन सक्ने मन्त्री पुनले दाबी गरेका हुन् । उनले यदी बोर्डबाट गभर्नर तह लगाउन नसके त्यस्तो सरकारको औचित्य नहुने बताएका हुन् ।

बोर्डमा गर्भनर र दुई डेपुटी गभर्नर सदस्य रहने व्यावस्था छ । बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु रहेको उनको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा मन्त्री पुनले भनेका छन् ‘सरकार अर्थसचिव आफैंले बोर्डमा पठाउने, तीन जना अरु स्वतन्त्र विज्ञहरु बोर्डमा पठाउने, ७ मध्ये चारजना बहुमत लिएर बसेर गभर्नरलाई अराोपित गर्नु आफ्नो अयोग्यता र कमजोरी ढाकछोप गर्नु हो’, यदि हामीले पठाएका सञ्चालक र सचिव योग्यतम वा ठीक छैनन् भने फिर्ता गर्ने या भगर्नर र डेपुटी गभर्नरसँग संवाद गरेर समस्याको समाधान गर्ने हो ।’

उनको भनाईबाट स्पष्ट रुपमा के बुझ्न सकिन्छ भने उनी सचिव मार्फत गभर्नरमाथी दबाब बढाउन खोजिरहेका छन् । यदी बोर्डमा सचिव र सदस्यले गभर्नरलाई ठीक ठाउँमा ल्याउन नसके जिम्मेवारीबाट हटाउन सक्ने चेतावनी समेत दिएका छन् ।

गभर्नरले बोर्डमा धेरै छलफल नै नगरी एकलौटी रुपमा चलेको भन्दै बोर्ड सदस्य चिन्तामणि सिवाकोटीले सार्वजनिक रुपमै गभर्नरको आलोचना गरेका थिए । नेकपा माओवादी कोटाबाट बोर्ड सदस्य बनेका सिवाकोटी बोर्डको प्रतिपक्षि सदस्यको रुपमा परिचित छन् । शनिबार मन्त्री पुनले घुमाउरो भाषा प्रयोग गर्दै सिवाकोटी र सचिवलाई प्रयोग गर्ने संकेत दिएका छन् ।

उनले नियामक निकायको काम थप अप्ठेरो पार्ने नभई सहजीकरण गर्नु पनि भएको बताएका छन् । राष्ट्र बैंकलाई राज्यले स्वतन्त्र नियामक निकाय मानेको र नियामकमा कार्यकारी स्वायत्तता हुने भएका कारण सरकारले उसको काममा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे । यद्यपि राज्यको निश्चित निर्देशन भन्दा बाहिर भने राष्ट्र बैंक वा कोही पनि नियामक निकाय हुन नसक्ने मन्त्री पुनले स्पष्ट गरे ।

मन्त्री नियुक्ति भएपछि गभर्नर अधिकारीले मन्त्रीसँग सम्बन्ध सुधारका लागि संकेत गरिरहेका छन् । तर मन्त्री पुनले भने सहयोग नगरे गभर्नरलाई तह लगाउने उपायबारे एउटै मञ्चमा रहेका गभर्नरलाई सचेत गराएका हुन् ।

पुर्व अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबिच सम्बन्ध चिसिदाँ निलम्बन गरेका थिए । तर सर्वोच्च अदालतले उनलाई नियमित पदमा बहाल गरेको थियो । पुर्व अर्थमन्त्री प्रकाशशरण महतले पनि गर्भनरको सम्बन्धलाई सुधार गर्न सकेनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्