Shikhar Insurance

सहकारी समस्या समाधानका लागि छानविन आयोग गठन गरौँ : सांसद पोखरेल

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १४:४६
NIMB
Nabil Bank

काठमाडाैं । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानविन आयोग गठन गर्न माग गरेका हुन् ।

त्यस्तै सहकारीको वर्गिकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपन बताए । उनले ऋणीहरुको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने जानकारी गरे । उनले कानूनको संशोधन गर्न पनि आवश्यक रहेको बताए । उनले राज्यले समयानुकुल कानूनको प्रवन्ध गर्न नसक्दा र नियामक निकाय गैरजिम्मेवार बनाउँदा अहिले सहकारीमा समस्या देखापरेका बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले ‘राज्यले समयानुकुल कानुनको प्रवन्ध गर्न नसक्दा, नियामक निकाय गैरजिम्मेवार बनिदिँदा, नियामक निकायमा सहकारी आन्दोलन नबुझेका र बुझ्न नचाहाने पदाधिकारीहरु राज्यले पठाइदिँदा, विभिन्न बेला राजनीतिक हस्तक्षेप भइदिँदा समस्या आएको छ । हुनेखानेहरुले र गैरजिम्मेवार नियामक निकायहरुले मिलेरै सहकारी, सहअस्तित्व र जिवनको गर्जो टार्ने व्यवसायिकतालाई हुनेखाने मालिकहरुले नक्कल गरे । र कारोबार, व्यापार, पुँजी लुकाउने र कालो धनलाई सेतो बनाउने धन्दा गरे । त्यसैले सहकारी आन्दोलन आज समस्यामा छ । सामाजिक सहकारीमा समस्या कमै छ । ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध गरौँ । आन्दोलन बुझेको नियामक निकाय निर्माण गरौँ । र सरोकारवालासँग छलफल गरेर कानुनको संशोधन गरौँ । यसरी जाने हो भने यो सहकारी आन्दोलनमा आइरहेको समस्या समाधान हुन्छ ।’

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्