Shikhar Insurance

विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरु खोज्न आवश्यक रहेको बताएका छन् । बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरु समयमै सम्पन्न नसकेको पनि बताएका हुन् ।

उनले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरु निर्माण कम्पनीहरुको बद्मासीका कारण सम्पन्न नभएको जिकिर गरे । उनले अब कुनैपनि निर्माणका योजनाहरु समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गरे । उनले कतिपय अवस्थामा निर्माण व्यवसायीहरले ठेक्का प्राप्ति गरिसकेपछि शुरुमा केही रकम लिने र समयमा काम नगर्ने अवस्था भइरहेको बताए । सांसद भण्डारीले नियतवश काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुलाई कानूनको दायरामा ल्याउन आवश्यक रहेका बताए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्