Shikhar Insurance

शुक्लाफाँटा पर्यटन महोत्सवका लागि २ लाख बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:०८
NIMB
Nabil Bank

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । आयोजना भीमदत्त नगरपालिकाको २ लाख बजेट विनियोजनमा आगामी मङ्गलबारदेखि बिहीबारसम्म हुन भएको हो ।

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको जानकारी दिए । महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने,“गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।”नगरपालिकाले महोत्सव सञ्चालनका लागि दिँदै २ लाख बजेट विनियोजन गरेको जनाएको छ ।

“प्रदेश उद्योग, वन तथा वातारण मन्त्रालयसित यसका लागि आवश्यक समन्वय र सहकार्य गरेका छौँ । यहाँका पर्यटकीय क्षेत्रको विकास एवं प्रचारमा जोड दिन स्थानीय तह लागिपरेको छ ।” उपाध्यक्ष केसीले बताए । शुक्लाफाँटामा बाह्रसिङ्गाका साथै पाटे बाघ, गैँडा, हात्ती, हरिणका साथै चार सय ५० भन्दा बढी प्रजातिको चराचुरुङ्गी पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्