Shikhar Insurance

नेप्सेमा सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १८:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत भएको ४ करोड ६५ कित्ता सेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्कासन गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको सेयर कारोबार हुने एक सूचनामार्फत जानकारी दिएको छ ।

कम्पनीको सिम्बोल नेप्सेमा सर्वोतम रहेको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि १ सय ८५ रुपैयाँ ३६ पैसादेखि ५ सय ५६ रुपैयाँ ८ पैसा सम्मको ओपन रेञ्ज रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्