Shikhar Insurance

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित एएमएल सीएफटी सम्बन्धी तालिम धुलिखेलमा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एएमएल सीएफटी तालिम प्रदान गरेको छ । कम्पनीले चैत ३ गते धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरु र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रशिक्षकले एएमएल सीएफटी सम्बन्धी संस्थामा चाल्नुपर्ने कदमहरु तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुका आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको छ । मुलुकलाई आपराधिक गतिविधिहरूबाट जोगाई एक समृद्ध राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले भने ।

नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानहरूको बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्