Shikhar Insurance

सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीलाई वितरण गरेको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस सेयर कित्ता हितग्राही खातामा जम्मा गराइने कम्पनीले जानकारी गरेको छ ।

साथै, भौतिक सेयर धारण गर्ने सेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो सेयर अभौतिकरण गराए पश्चात् मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्