Shikhar Insurance

विश्वास मतले सेयर बजारमा अविश्वास, १८.५६ अंकले घट्दा ६ अर्ब १४ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । राजनीतिक अन्यौलताका कारण आइतबार सेयर बजारमा १८.५६ अंकको गिरावट आएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन हो । प्रधानमन्त्रीले विश्वासको मत दिने अघिल्लो दिनसम्म झनै तरल देखिएको राजनीतिक घट्नाक्रमका कारण सेयर बजारका लगानीकर्ता आत्तिएका हुन् ।

आइतबार नेप्सेका सबै सब इण्डेक्सहरु भारी अंकले ओरालो लाग्दा बजार दोहोरो अंकले घट्यो र ६ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार २१९ कम्पनीको एक करोड २७ लाख २८ हजार १ सय २५ कित्ता सेयर किनबेच भएको छ ।  बजारमा भारी अंकको गिरावट आउँदा पनि समता लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशत कमाउन सफल भएका छन् । रुरु जलविद्युतका लगानीकर्ताले पनि ९.८२ प्रतिशत कमाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशत गुमाए भने बिशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् । सिंगटी हाइड्रोका लगानीकर्ताले पनि ९.५६ प्रतिशत गुमाउनु परेको छ । त्यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ता भने गुमाउने सूतिमा परेका छन् । आइतबार एनसीसी बैंकको २८ करोड ८६ लाख र कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

हिमालयन डिष्टिलरीको २४ करोड १३ लाख तथा एचआइडीसीएलको २३ करोड ९३ लाखको सेयर कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्