Shikhar Insurance

८ महिनामा ५२ करोड ६९ लाख थान लाइटर आयात, भारत तस्करीबाट व्यापारी मालामाल

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १४:४४
NIMB
Nabil Bank

काठमाडौं । चालु वर्षको आठ महिनामा ग्याँस लाइटरको आयात अस्वभाविक देखिएको छ । ८ महिनामा ५२ करोड ६९ लाख १८ हजार ३ सय ४४ थान लाइटर आयात भएको हो ।

नेपाली व्यावसायीहरुले नेपाली बजारको लागि ग्यास लाईटर बिक्री गर्न ल्याएका होइनन । भन्सार महसुल अन्तरलाई प्रयोग गरेर व्यावसायीले मुनाफा आर्जन गर्न लाइटर आयात गरेका हुन् । ठूलो परिमाणको लाइटर नेपालबाट तस्करी भएर भारत पुग्ने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतले भारु २० भन्दा कम पर्ने लाइटर आयातमा प्रतिबन्ध लगाएको छ । भारतमा प्रतिबन्ध लागेसँगै नेपालबाट लाइटर तस्करी बढेको हो । नेपालबाट लाइटर तस्करी बढेसँगै नेपालस्थित भारतीय राजदुतावासले तस्करी रोक्न अनौपचारिक पहल गरेको छ । दुतावासले भन्सार विभाग, राजस्व अन्सन्धान विभाग लगायत निकायमा अनौपचारिक रुपमा तस्करी रोक्न दाबाब दिएको हो ।

हाल नेपाली व्यावसायीहरुले तातोपानी, रसुवा, सुख्खा भन्सार बन्दरगाहको बाटो प्रयोग गर्दै लाइटर आयात गरिरहेका छन् । लाइटरको अस्वभाविक आयात देखेपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले लाइटरको भन्सार मूल्यांकन बढाइदिएका थिए ।

महानिर्देशक पौडेलले रिफिल (पुनः प्रयोग) गर्न नमिल्ने लाइटरको चार अमेरिकी सेन्टबाट बढाएर ६ सेन्ट बनाइदिका छन् । यस्तै रिफिल गर्न मिल्ने लाइटरको भन्सार महशुल पाँच सेन्टबाट सात सेन्ट पुर्याइएको छ ।

मूल्यांकन बढाए पनि राम्रो मुनाफा बसेपछि व्यापारीहरु उत्साही भएका हुन् । अहिले एक पटक प्रयोग गरेर रिफिल गर्न नमिल्ने लाइटरको नेपाली बजारमा खुद्रा मूल्य १० रुपैयाँ छ । यस्तै रिफिल गर्न मिल्ने लाइटरको मूल्य २० रुपैयाँ छ । तर भारतमा भने सामान्य लाइटर खरिद गर्न २० भारु अर्थात ३६ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने हुन्छ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० को आठ महिनामा ५ करोड ९४ लाख ७४ हजा ७ सय २२ थान लाइटर आयात भएको थियो । गतवर्षको तुलनामा आयात रकम ९ सय ४२ प्रतिशतले वृद्धि भएको हो । यस्तै  राजस्व १ हजार ८७ प्रतिशतले बढेको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । आयात भएको कुल लाइटरलाई भाग लगाउने हो भने एक जनाको भागमा नै १८ वटा लाइटर भाग पर्न जान्छ ।

नेपाली व्यावसायीले लाइटरको ओसार-पोसारमा सुरक्षा मापदण्ड प्रयोग नगर्दा २ वटा ट्रकमा आगलागी भैसकेको छ । चीनमा ग्यास लाइटर बोक्ने ट्रकले सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने भए पनि नेपालमा भने कुनै मापदण्ड प्रयोग गर्ने गरिएको छैन ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्