Shikhar Insurance

अघि बढ्यो १० ठूला बैंकको ऋणको गुणस्तर जाच्ने प्रक्रिया, यी हुन ति १० बैंक

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन त्यस्ता अडिट फर्म नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको हो ।

योग्यता पुगेका इच्छुक अन्तराष्ट्रिय अडिट फर्महरुले अप्रिल ७ (चैत २५ गते) भित्र राष्ट्र बैंकमा निवेदन दिइसक्नु पर्नेछ । प्रतिष्पर्धामा सहभागी फर्महरुले आवेदन दिने मितिको अन्तिम दिन सार्वजनिक बिदा परेमा थप एक दिन समय थप हुने राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सहभागी फर्महरुकम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवको आधारमा ४० प्रतिशत र क्षमताको आधारमा १० प्रतिशतलाई मानेर कम्पनी छनोट गरिनेछ । प्रतिस्पर्धामा भाग लिन न्युनतम ७० प्रतिशत अंक ल्याउनु पर्नेछ । छानिएको अडिट फर्मले तोकिएका १०वाणिज्यहरुको क्रेडिट फ्रेमवर्क र क्रेडिट पोलिसी गाइडलाई आधार मानेर काम गर्नुपर्नेछ ।

यस्तै बैंकको ऋणको गुणस्तर, ऋणमा नियन्त्रण, खराब कर्जा म्यानेजमेन्ट, धितो मुल्यांकन लगायत विषयलाई हेर्नेछ । त्यस बाहेक बैंकहरुको प्रोभिजनिङको अवस्था, वासेल ३ को कार्यान्वयनको अवस्थाको पनि अध्ययन गर्नेछ । यस्तै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्ड (एनएफआरएस) कार्यान्वयनको अवस्था कस्तो छ ? भनेर पनि अडिट फर्मले चेकजाँच गर्नेछ ।

तर यो अडिट रिपोर्ट सार्वजनिक भने हुने छैन् । दक्षिण एसियामा नेपाली बैंकको स्तर कुन लेवलमा छ भन्ने कुरा सो प्रतिवेदनले छुट्याउने राष्ट्र बैंक स्रोतले बतायो । विषेशगरी कोभिडपछि नेपाली बैंकको स्वस्थ्य अवस्थाको विषयमा उजागर गर्ने एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले बताए ।

ती सिइओले सिंहदरबारसँग भने–‘यो अडिटबाट बैंकलाई समेत फाइदा पुग्नेछ, विश्वमा चलेका फर्महरुले नेपाली बैंकलाई कुन हिसाबले हेर्दा रहेछन् भन्ने कुरा समेत देखिनेछ, बैंकिङ क्षेत्रलाई थप सबलिकरण गर्न यसले भुमिका खेल्छ।’

राष्ट्र बैंकले २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन खोजेको हो । जसमा ठूलो आकारको ब्यवसाय गर्ने १० बैंकको लेखापरिक्षण गराउन लागिएको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परिक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरिक्षण गर्नेछ ।

अडिटको सम्पुर्ण खर्च राष्ट्र बैंकले बेहोर्नेछ । जसका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान राष्ट्र बैंकको छ । अडिट कम्पनी छनोट असार महिनासम्म टुंगिने राष्ट्र बैंकका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार अडिट फर्म छनोट भैसकेपछि सन् २०२५ को फेब्रुअरी भित्र १० वटै बाणिज्य बैंकहरुको अडिटको काम सम्पन्न गर्ने योजना बनेको छ ।

ती अधिकारीले भने–‘हामीले सबै रिपोर्ट हेरिसकेका छौं, अब विदेशी अडिटरले पनि हेर्नेछन्, यसबाट वास्तविक कुरा बाहिर आउनेछ।’ राष्ट्र बैंकका अनुसार अडिट गर्ने फर्म एउटै मात्र छानिनेछ । छानिएको फर्मले २ पटक गरी अडिट सक्नेछ । पहिलो चरणमा ५ बैंक र दोस्रो चरणमा ५ बैंकको अडिट सकिनेछ । यसरी छानिएको फर्मले नेपाली फर्मसँग सहकार्य समेत गर्न सक्नेछ ।

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग विस्तारित कर्जा सुविधा (इसीएफ) लिएको छ । सो कर्जा लिदाँ अर्थ मन्त्रालयले आइएमएफसँग विभिन्न सर्तहरुमा सम्झौता गरेको छ । सो सर्त मध्ये एक सर्तको रुपमा ठूला १० वटा वाणिज्य बैंकहरुको अडिट अन्तराष्ट्रिय स्वतन्त्र अडिटरहरुबाट गराउने समेत उल्लेख छ । सो सर्त अनुसार नै राष्ट्र बैंकले १० वटा बाणिज्य बैंकहरुको अडिट गराउन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्