Shikhar Insurance

कोरोना कहर : एसईई र कक्षा १२ को परीक्षा स्थगित

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोनाका कारण गत वर्षको एसईई परिक्षा रद्द भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्