Shikhar Insurance

बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतबीच भेट, के-के भयो कुराकानी ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १३:०६
NIMB
Nabil Bank

काठमाडौं । महिला, बालबालिकामन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । उनीहरुबीच आज (बिहिबार) महिला, बालबालिका मन्त्रालयमा भेट भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा छलफल भएको । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताईन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा मन्त्री चौधरीले भनिन्,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्याण्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।’ मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विस्वास ब्यक्त गरेकी छन् । साथै, उनले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद पनि दिएकी छन् ।

नेपाल सन् २०२६ मा एलडीसी स्थितिबाट उत्तीर्ण भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको बताउँदै मन्त्री चौधरीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको पनि उल्लेख गरिन् । ‘हामी फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु एजेन्डाहरू प्राप्त गर्ने तरिकाको प्रशंसा गर्छौं । नेपालले जलवायु एजेन्डा विशेष गरी हिमाली एजेन्डालाई जलवायुसम्बन्धी फोरमहरूमा पनि वकालत गर्दै आएको छ ।’ मन्त्री चौधरीले बताईन् ।

भेटमा राजदुत रिना रिक्का हेक्काले नेपाल र फिनल्याण्ड विचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताईन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्