Shikhar Insurance

जसको दिमागले नै अलग तरिकाले सोच्छ…

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार ०७:३०
NIMB
Nabil Bank

काठमाडौं । टेस्ला तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले आफूमा एस्पर्जर्स सिन्ड्रम रहेको दाबी गरेका छन् । अमेरिकी कमेडी टेलिभिजन शो स्याटर्डे नाइट लाइभ नामको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एलन मस्क स‌ंसारले चिनेको नाम हो । मस्कले पहिलो पल्ट आफ्नोबारे यस्तो खुलासा गरेको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

४९ वर्षिय मस्कले भनेका छन्, “म पहिलो व्यक्ति हुँ जसमा एस्पर्जर्स छ र जसले यति लामो समय चलिरहेको टेलिभिजन शो होस्ट गरिरहेको छु ।”

बताइएको छ कि जसमा एस्पर्जर सिन्ड्रम हुन्छ, उसले आफ्नो वरिपरि आम व्यक्तिभन्दा फरक नजरले देख्छ ।

सन् १९७० देखि सुरु भएको कार्यक्रम स्याटर्डे नाइट लाइभ उनीभन्दा पहिलो एडेले, क्रिस रक, रिंगो स्टार्र तथा विल फेरल लगायतले सञ्चालन गरिसकेका छन् ।

कार्यक्रमा उनले भनेका छन्, “मलाई भनिएको छ कि म कमेडी गर्नका लागि उत्तम व्यक्ति हुँ किनकी मेरो आवाजमा बढी उतार-चढाव छैन । अर्कातर्फ स्याटर्डे नाइट लाइभमा जोडिएर मैले इतिहास रचेको छु, एस्पर्जर्स सिन्ड्रम भएको म पहिलो होस्ट हुँ ।”

दाबीमाथि प्रश्न
कार्यक्रमका बेला उनको दाबीलाई सहभागीले सराहना गरे । ताली बजाएर हौसला दिए तर सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । स्याटर्डे नाइट लाइभमा मस्कभन्दा पहिले कमेडियन ड्यान एकरोयड सामेल थिए जसमा खुलेरै एस्पर्जर्स सिन्ड्रम र टुरेट सिन्ड्रम (बोल्दै गर्दा अड्किने रोग) थियो ।

कार्यक्रममा मस्कले सामाजिक सञ्जालमा ट्विटरमा आफ्नो पोस्टबारे गरिने आलोचनाबारे चर्चा पनि गरे । ट्विटरमा मस्कका साढे ५ करोड फलोअर छन् । मस्कले भने, “मलाई थाह छ कि म कहिलेकाही अचम्मको पोस्ट गर्छु, मेरो दिमाग नै यसरी चल्छ ।”

उनले भने,”जसलाई मैलै गर्ला नराम्रो लाग्यो, उहाँहरूलाई म के भन्छु भने मैले इलेक्ट्रिक कारलाई पुनर्जन्म दिएँ, म रकेटका माध्यमबाट मान्छेलाई मंगल ग्रह पठाउँदै छु । के तपाईंलाई लाग्छ कि म आम मान्छे हुन सक्छु ?”

के हो त एस्पर्जर्स सिन्ड्रम?
– एस्पर्जर सिन्ड्रम अर्थात् एस्पर्जर्स, कोही व्यक्तिमा आजीवन रहने मानसिक स्वास्थ्य समस्या हो, जसले मान्छलाई फरक–फरक तरिकाले प्रभावित गर्न सक्छ ।

– कोही व्यक्ति यो समस्यालाई एस्पर्जर्स सिन्ड्रम भन्न मन पराउँछन् भने कोही आफूलाई अटिस्टिक वा अटिज्म स्पेक्ट्रममा राख्न मन पराउँछन् ।

– एस्पर्जर्ससँग जुध्दै गरेकाहरूलाई भनेका वा नभनेका कुरा छुट्याउन र सम्झन मुस्किल हुन्छ । दिमागमा प्राप्त जानकारी कुनै तरिकाले प्रोसेस गर्न उसको दिमागले आम व्यक्तिको तुलनामा बढी समय लगाउँछ ।

– यस्ता मान्छेलाई आफ्नो भावना व्यक्त गर्न समस्या हुने गर्छ । तर, यस्ता व्यक्ति अरुभन्दा बढी संवेदनशील वा नन-अटिस्टिक व्यक्तिभन्दा बढी भावुक पनि हुन सक्छन् ।

– एस्पर्जर्स भएकाहरूमा काममा अरूभन्दा बढी लगाव हुन्छ । काममा बढी ध्यान हुन्छ र आफ्नो करियर सजिलै बनाउन सक्छन् ।

– बीबीसीको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्