Shikhar Insurance

झिनो अंकले बढ्यो सेयर बजार, २ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ मा पुगेको हो ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ७८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ८२ रुपैयाँ रहेको छ ।

साथै, आज १३३ कम्पनीको सेयर मूल्य घट्दा १५७ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्