Shikhar Insurance

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ मा पुगेको हो ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ७८ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सर्वोत्तम सिमेन्ट लिमिटेडको ९.९६ प्रतिशत, हिमालयन हाईड्रोपावर लिमिटेडको ८.७३ प्रतिशत, साम्लिङ पावर कम्पनी लिमिटेडको ८.०७ प्रतिशत सहित १५७ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्