Shikhar Insurance

विपन्न महिलाहरुको मिटरब्याज लगायतका ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदैछौं : मन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १५:३१
NIMB
Nabil Bank

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गरेकी छिन् । वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएकी हुन् ।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ रहेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्द उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताइन् । चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्