Shikhar Insurance

कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्छ : सांसद सेजुवाल

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताएकी छिन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको विशेष बजेट दिनुपर्ने बताए । उनले विगतमा असन्तुलित बजेट आउने गरेको भन्दै यस पटक सन्तुलित बजेट ल्याउन माग गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सरकारले कर्णालीका पाँच जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि सो अनुरुपको बजेट व्यवस्थापन र कार्यक्रमहरु लागू हुन नसकेको बताइन् । उनले खेतीपातिको सिजन शुरु हुन लागेको भन्दै खेतिबाली र पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुको नियन्त्रणका लागि सरकार अहिलेदेखि नै सचेत हुनुपर्ने जानकारी गरीन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्