Shikhar Insurance

युनाईटेड अजोड इन्स्योरेन्सको १६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य २ सय ५ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १३ हजार २ सय ८० र सुवास न्यौपानेको नाममा रहेको ३ हजार ३ सय १३ गरी जम्मा १६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित इन्स्योरेन्सको प्रधान कार्यलय सिटिसि मल सुन्धारामा आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने संस्थाले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्