Shikhar Insurance

महासंघको कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १३:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच एक सम्झौता भएको छ । कृषि क्षेत्रमा सहयोग, प्रवद्र्धन, आर्थिक विकास, नेपाल–भारत बीचको व्यापारिक सम्बन्धलाई सुमधूर र सहज बनाउने उदेश्यले यी दुइ संस्थाबीच सम्झौता भएको हो ।

दुबै देशका उद्यमी, कृषक र व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा एकआपसमा सहयोग आदानप्रदानका साथै असल कृषि कार्य, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, अवलोकन भ्रमण, अनुभव आदान प्रदान, बजार, बजारीकरण र आयात निर्यात आदिमा सहयोग गर्ने उद्देश्यले सम्झौता भएको कृषि उद्यम केन्द्रले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले यो सम्झौताले नेपालले भारतको कृषि बजारको अध्ययन अवलोकन, उद्यमी, कृषक र कृषि सम्वद्ध व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेर अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने बताए ।

उनले यो सम्झौता नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि कोशेढुङ्ग सावित हुने भएकोले कृषि उद्यम केन्द्र सम्झौताको मर्म अनुसार कार्य योजना बनाएर अगाडि बढने प्रतिवद्धता जनाएका छन् ।
सम्झौता पत्रमा केन्द्रका सभापति डिबी बस्नेत र बोर्डका प्रवन्धक निर्देशक डाक्टर ए.एस. यादवले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका बिशिष्ठ कर्मचारीहरु, नेशनल सीड एण्ड फट्रिलाइजर प्रोजेक्टका प्रोजेक्ट लिडर डाक्टर दैतीमान चौधरी, कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु झलक लाल श्रेष्ठ, सुनिता न्येम्हाफुकी, कृष्ण भक्त श्रेष्ठ र का.वा. प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीको समेत उपस्थिती रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्