Shikhar Insurance

स्वास्थ्य बीमा बोर्डले भन्यो-‘बिमितको संख्या घट्यो विस्वास गुम्यो’

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमाप्रति जनताको विस्वास घट्न थालेको बताएका छन् । नकारात्मक हल्लाले बिमितसँगै विस्वास पनि घट्दै गएको बताएका हुन् ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले बिमा क्षेत्रमा बीमितहरुको संख्या घट्दै गएकोमा गुनासो पोखेका हुन् । उनले बोर्डल वित्तीय साधनको समतामुलक परिचालन गर्दै पूर्व भूक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी वित्तीय संरक्षण प्रदान गर्दै आईरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, ‘हामी अरु ईन्स्योरेन्स कम्पनीहरुले जस्तो गर्दैनौँ । रोगी, बिरामी, समस्या ग्रसितहरुलाई केन्द्रित गरेर बिमा गर्छौ । हाम्रो उद्देश्य फरक छ । बजारमा फैलिएको गलत सूचनाहरुले बीमाप्रति जनताको विश्वास घटेको छ ।’ बीमितको संख्या बढाउने र जनता समक्ष गुणस्तरिय र सुलभ मूल्यमा औषधी वितरण गर्ने बोर्डको उद्देश्य रहेको अध्यक्ष लोहनीको भनाई छ ।

हाल बोर्डले अनलाईन प्रणालीमार्फत बीमा गर्न सक्ने योजना ल्याइसकेको छ । बोर्डले हालसम्म ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम गर्दै आईरहेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा पनि छिटै कार्यक्रम लागू गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

“बीमा कार्यक्रमका सेवा प्रदायक अस्पतालहरुले गरेको कामहरु प्रति हामीले अनुगमन गर्छौं, अध्यक्ष लोहनीले भने बिमा क्षेत्रप्रति निराश भएका छन् । ती निराशालाई आशामा बदल्ने कोसिस हामीले गरिरहेका छौँ ।” सरकारले नै आधारभूत आवश्यकता पुरा गर्न नसकेको खण्डमा बीमा क्षेत्रले १३३ प्रकारका औषधी पुर्याउन नसक्ने लोहनीले बताए । हालसम्म देशभर जम्मा ३५.८८ प्रतिशत परिवार बीमाको दायारमा आएका छन् । जसमध्ये

३६ लाख ५२ हजार ४ सय ३२ जनाले सेवा लिईरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार बीमा नवीकरण गर्नेको संख्या ६२.११ प्रतिशत रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्